पाल्पा हाउसमा पूर्वखोलाका कृषि उपज
पाेखरा | बैशाख १७, २०८०
पोखरा: पोखराको न्यूरोडस्थित पाल्पा हाउसमा पूर्वखोला गाउँपालिकाका कृषि उपज तथा पशुजन्य उत्पादनहरु बिक्री वितरण हुने भएको छ ।
पाल्पाको पूर्वखोला गाउँपालिका र समाज उत्थान सहयोगी संस्था देवीनगर पाल्पाको प्रतिनिधि मण्डलको आइतबार पाल्पा हाउसमा स्वागत तथा अन्तक्र्रियामा गाउँपालिकामा उत्पादित कृषि उपज तथा पशुजन्य उत्पादन पाल्पा हाउसमार्फत पोखरामा बिक्री वितरणका लागि सहमति जुटेको हो ।
सो कार्यका लागि पालिकाले आवश्यक बजेट व्यवस्था गर्ने, पाल्पा हाउस प्रालिमार्फत उचित मूल्यमा कृषि उपजको बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनेबारे दुवै पक्षबाट सहमति जुटेको पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले बताए ।
कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई लगायत पालिकाका सबै वडा अध्यक्षहरु, वडा सदस्यहरु र समाज उत्थान सहयोगी संस्थाका अध्यक्ष मोहनबहादुर रखाल लगायतको सहभागिता थियो ।
कार्यक्रममा पाल्पा हाउसका संचालक तथा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियार, पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराई, समाज उत्थान सहयोगी संस्थाका अध्यक्ष मोहनबहादुर रखाल लगायतले मन्तव्य राखेका थिए ।
पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कम्पनीका संचालक तथा समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल र सञ्चालन हाउसका संचालक खेम सारुले गरेका थिए ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार, सुरुमा द...

